Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको आइपिओमा कति पर्यो आवेदन ? यसो भन्छ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

अर्थ संसार

बुधबार, ०१ पुस २०७७, २१ : २९ मा प्रकाशित

चन्द्रागिरी हिल्सको आइपिओमा कति पर्यो आवेदन ? यसो भन्छ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

अर्थ संसार, काठमाडौं- चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका मंसिर १७ गते देखि पुष १ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आइपिओ) मा आवेदन आवेदको ओइरो लागेको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अनुसार ४ हजार ८१४ जनाबाट १६ लाख ८५ हजार ५३० कित्ता अर्थात १६ करोड ८५ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ । यो नै अन्तिम नतिजा भने होइन । आवेदनको संख्या अझै बढ्न सक्नेछ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।  उक्त शेयर बाँडफाँड भए पश्चात दाेश्राे चरणमा १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर (आइपीओ) सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । 

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक २८ गते, शुक्रबार  अनुमति प्रदान गरेकाे थियाे ।

काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७  (साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३,४,५,६,७ र ८ मात्र) एवं मकावनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरू) र इन्द्रसराेवर गाउँपालिका वडा नं. ५ मा स्थायी बसाेबास गर्ने नेपाली नागरिकहरू आयोजना प्रभावित क्षेत्रका स्थानीयहरू हुन् । आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको