Like us!
Follow us!
Connect us!
Watch us!

छुट्यो कि पछुतायो ! प्रभु लाइफको आइपिओ  भर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, ०२ पुस २०७७, ०७ : २९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) मा आवेदन दिनुभयो ? नदिएको भए आजै दिनुहोस् । किन कि आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

तेस्रो दिन बुधबार बेलुका ४ः४० बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदकले २ अर्ब ३७ करोड रुपैयाँ बराबरको २ करोड ३७ लाख ७६ हजार ४ सय ६० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ । यो सर्वसाधारणको लागि माग गरिएको भन्दा ४.४ गुणा बढी आवेदन हो । 
कम्पनीले मंसिर २९ गते, सोमबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आइपिओ)  निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडौँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको