Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा युनाईटेड इदी–मर्दीको आइपिओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अर्थ संसार

शुक्रबार, ०३ पुस २०७७, १२ : ५१ मा प्रकाशित

नेप्सेमा युनाईटेड इदी–मर्दीको आइपिओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडकाे साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ । आज (पाैष ३ गते, शुक्रबार) कम्पनीको आइपिओ सूचिकृत भएको हो ।

कम्पनीकाे ४२ लाख कित्ता साधारण शेयर (आइपिओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ९८ रूपैयाँ ७९ पैसादेखि अधिकतम २९६ रूपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीकाे आइपिओलाई शेयर काराेबार गर्नका UMRH संकेत प्रदान गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको