Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो रह्यो यो साताको सेयर बजार (विवरणसहित)

अर्थ संसार

शुक्रबार, ०३ पुस २०७७, १४ : १८ मा प्रकाशित

यस्तो रह्यो यो साताको सेयर बजार (विवरणसहित)

अर्थ संसार,काठमांडौ– अघिल्लो साताको तुलनामा यो साताको कारोबार रकम उकालो लागे पनि नेप्से भने २३ अंकले घटेको छ ।अघिल्लो साताको समाप्ति सम्ममा नेप्से २ हजार ५५ थियो भने यो साताको अन्तिममा २ हजार ३२ पुगेर कारोबार बन्द भएको छ ।

 साताको पहिलो दिन ४५ अंकले घटेर २ हजार १० मा झरेको नेप्से दोस्रो दिन ६७ अंकले बढ्यो तेस्रो दिन बाट ओरालो लागेको नेप्सेको ओरालो यात्रा साताको अन्तिम दिन सम्म आइपुग्दा पनि रोकियन ।

अघिल्लो साताको अन्त्यसम्ममा जम्मा २८ अरब ४८ करोड रुपैयाँ भन्दा बढि मूल्य बराबरको ६ करोड ६ लाख ८३ हजार ३० कित्ता शेयर कारोबार भएकोमा यो साता भने ३० अरब ८ करोड भन्दा बढि मूल्य बराबरको  ५ करोड ६३ लाख ६६ हजार ४८० कित्ता शेयर कारोबारको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यो साता नेप्से ओरोलो लाग्दा अधिकांश उपसमूह को सूचकहरुले पनि आरालो यात्रा तय गरे तर माइक्रोफाइनान्स र जिबन विमा उपसमूहको सूचकमा भने बृद्धि भएको छ । 

यो साता सबैभन्दा बढि रकमको कारोबार गर्ने मूख्य तिन कम्पनीहरु नै बिमा कम्पनीहरु भएका छन् । २ अर्ब ८१ करोड भन्दा बढिको कारोबार भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबै भन्दा बढि कारोबार भएको कम्पनी बनेको छ । 

यो साता सबै भन्दा बढि कित्ता शेयर कारोबार हुनेमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक रह्यो । एनसीसीको सातामा २५ लाख ४२ हजार कित्ता शेयरको कारोबार भयो ।  
 

 

5fdc6ed963154.PNG 5fdc6eda24e07.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको