अर्थ संसार, काठमाडौं -  प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे अन्तिम तथ्यांक सार्वजनिक भएकाे छ ।
अन्तिम दिनसम्ममा १० लाख ८२ हजार एक सय ४३ जना आवेदकले २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताको लागि आवेदन  दिएका निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ५.४२ गुणा धेरै हो । 
यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ५ लाख ४२ हजार १ सय ४३ जनाको हात खाली हुनेछ । कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गर्दा शेयर पाउनेको संख्या सामान्य बढ्न सक्ने पनि सिद्धार्थ क्यापिटलले जनाएकाे छ ।
कम्पनीले मंसिर २९ गते, साेमबारदेखि पाैष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।
जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस