अर्थ संसार, काठमाडौं- आइपिओ निश्कासन गरेको छोटो समयमै माग भन्दा ५.४२ गुणा धेरै आवेदन परेपछि लगानीकर्तालाई प्रभु लाइफ इन्स्योरेन्सले धन्यवाद दिएको छ ।  
मंसिर २९ गते पुष २ गतेसम्म निश्कासन गरेको आइपिओमा १० लाख ८२ हजार एक सय ४३ जना आवेदकले २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 
जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस