Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ०७ : ३६ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको पुस २ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पुस २७ गते सुनसरी उद्योग वाणीज्य संघ, धरान १, सुनसरीमा बिहान १०:३० बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी प्रतिवेदन पारित गर्ने, सोहि आर्थिक वर्षको नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण पारित गर्ने विषयाम छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को हरहिसाब लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक पनि तोकिनेछ ।

संचालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशतले हुने रकम बोनस सेयर कर प्रयोजनको लागि चुक्ता पूँजीको दिने प्रस्ताव सीकृत गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको