Like us!
Follow us!
Connect us!
Watch us!

समता लघुवित्तको सेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, ०८ : ४७ मा प्रकाशित

समता लघुवित्तको सेयरमूल्य समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौँ - समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा संस्थाको २० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५५० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाकाे साताैँ वार्षिक साधारण सभा पुस १४ गते मंगलबार हुँदैछ । संस्थाले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन र प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा आह्वान गरेकाे हाे ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको