Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार

आइतबार, ०५ पुस २०७७, १३ : ३५ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा, यस्ता छन् पारित हुने एजेण्डा

अर्थ संसार, काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पौष ३ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार बैंकको उक्त सभा पौष २५ गते शनिबार, होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभामा संचलाक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षक प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत विविध एजेण्डामाथि छलफल गरिनेछ त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यस्तै बैकको सहायक कम्पनि मुक्तिनाथ क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सहित एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरिनेछ ।

बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम ४.२५७४ नगद लाभांश (करसहित) र ११.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारणसभा प्रयोजनको लागि पौष १३ गतेदेखि २५ गतेसम्म बुक्क क्लोज गर्ने निरनाया गरेको छ । त्यसले पौष १२ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभाश प्रात गर्न सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको