Like us!
Follow us!
Connect us!
Watch us!

यी २५ वटा वाणिज्य बैंकको लाभांश घोषणा, कुनको लाभांश कति ?

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, ०७ : ३२ मा प्रकाशित

यी २५ वटा वाणिज्य बैंकको लाभांश घोषणा, कुनको लाभांश कति ?

अर्थ संसार, काठमाडौं -  आर्थिक वर्ष २०७६/७७ का लागि हालसम्म नेप्सेमा सूचीकृत २० वटा बैंकले लाभांश घोषणा गरेका छन्। तीमध्ये, केहीकाे साधारण सभा सम्पन्न भएर लाभांश पनि पारित भइसकेकाे छ भने केही बैंकहरू सभा गर्ने तयारीमा छन् ।

हालसम्म घाेषणा भएकाे तथ्यांक हेर्दा सबैभन्दा धेरै लाभांश दिने बैंक नबिल बैंक रहेकाे छ । सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सेञ्चुरी कमर्शीयल बैंक देखिएको छ ।

लाभांश घोषणा गर्ने बैंकहरु यसप्रकार छन् :-

१. एनआईसी एसिया बैंक लिमिटेड  

 एनआईसी एशिया बैंक लिमिटेडले  गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने  लाभांस घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश साधारणसभाबाट स्वीकृत भइसकेको  छ । 

२. कुमारी बैंक लिमिटेड

कुमारी बैंककाे कार्तिक २१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णयानुसार बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको १०.८५ प्रतिशतका दरले बोनस सेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । 
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

३. सानिमा बैंक लिमिटेड

सानिमा बैंक लिमिटेडकाे लाभांश घाेषणा गरेको छ । बैंककाे असाेज २७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीकाे १३.६० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियो  । बैंकले १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त प्रस्तावित लाभांश वार्षिक साधारण सभाले अनुमोदन गरिसकेको छ  ।

४. नेपाल एसबिआई बैंक लिमिटेड

नेपाल एसबिआई बैंक लिमिटेडकाे लाभांश घाेषणा भएको छ ।  बैंकको ९.४७ प्रतिशत नगद लाभांश नेप्सेमा घोषणा गरिएको हो ।
बैंककाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ।
 
५. बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव वार्षिक साधारण सभाले पारित गरिसकेको छ । 

६. सिटिजन्स बैंक लिमिटेड 

सिटिजन्स बैंकले ७.७ प्रतिशत बोनस सेयर  र नगद लाभांश ३.३ प्रतिशत नगद लाभांश समेत गरी ११ प्रतिशत लाभांश घोषणा गरेको छ । सिटिजन्सले प्रस्ताव गरेकाे संशोधित लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।

७. हिमालयन बैंक लिमिटेड

हिमालयन बैंक लिमिटेडले  आर्थिक वर्ष ०७६/७७ को मुनाफबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संचालक समितिको बैठकले  १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

८. सनराइज बैंक लिमिटेड

सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.२८ प्रतिशत लाभांश घोषणा गरेको छ ।बैंककाे मंसिर ७ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

९. एभरेष्ट बैंक लिमिटेड

एभरेष्ट बैंक लिमिटेडले  आर्थिक वर्ष   २०७६/७७ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको बुधबार साँझ बसेको संचालक समितिका बैंकले १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले ५.५३ प्रतिशत नगद  (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

१०. सिद्धार्थ बैंक लिमिटेड 

सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।

११. प्रभु बैंक लिमिटेड 

प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १० प्रतिशत बोनस सेयर र ०. ५२६३ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश साधारण सभाबाट अनुमोदन भएपछी वितरण गरिनेछ ।

१२. माछापुच्छ्रे बैंक लिमीटेड

माछापुच्छ्रे बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।बैंककाे असाेज १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ काे खुद मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्टबैंकको स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुनेछ । 

१३. स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस सेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 
बैंकले सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृतका लागि पठाउने र राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने जनाएको छ ।

१४. नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंक लिमिटेडकाे लाभांश घाेषणा गरेको छ ।बैंककाे मंसिर १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

१५. ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने १६ प्रतिशत लाभांश घाेषणा गरेकाे हो । 
बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीकाे १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ । 

१६. सेन्चुरी कमर्सियल बैंक

 सेन्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५.२५% बोनस र कर प्रयोजन समेत गरी २.२५% नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले चुक्ता पुँजीबाट ५.२५ % बोनस  र २.२५% नगद लाभांश गरी कुल ७.५०% लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

१७. कृषि विकास बैंक 

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेकाे छ ।बैंककाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

१८. लक्ष्मी बैंक 

लक्ष्मी बैंक लिमिटेडले लाभांश घाेषणा गरेको छ  ।बैंककाे हिजाे मंसिर २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत  बोनस शेयर र २.५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

१९. नेपाल बैंक लिमिटेड

नेपाल बैंकले १६% लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समिति बैठकले सेयर प्रिमियमबाट हाल कायम चुक्ता पुँजीको १२% बोनस सेयर र कर प्रयोजनसहित ४% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

२०. मेघा बैंक लिमिटेड 

मेगा बैंक लिमिटेडको आर्थिक बर्ष २०७६/०७७ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस ३ गते, शुक्रबार बसेको सञ्चालक समितीको बैठकले असार ३१ गते सम्मको सञ्चित मुनाफा एवम् वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्तापुँजीको कुल ३.०५ प्रतिशतले हुन आउने नगद लाभांश र सोहि चुत्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरकोे बोनस सेयर वितरणका लागि प्रस्ताव गरेका हो । 

२१. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड :

नेपाल नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि) लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १०.२६९५ प्रतिशत बोनस र ०.५४०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ। 

२२. प्राइम कमर्शियल बैंक लिमिटेड :

प्राइम कमर्शियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । काे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

२३. नबिल बैंक लिमिटेड :

नबिल बैंक लिमिटेडकाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३३.५ प्रतिशत (१०० कित्ता बराबर ३३.५ कित्ता) बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ ।

२४. एनएमबि बैंक लिमिटेड :

एनएमबि बैंक लिमिटेडकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३.२०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

२५. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड :

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे पाैष ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ५.५०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको