Like us!
Follow us!
Connect us!
Watch us!

३०% लाभांश पारित गर्न वोमी लघुवित्तले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, ०७ : १४ मा प्रकाशित

३०% लाभांश पारित गर्न वोमी लघुवित्तले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको पौष ६ गते बसेको संचालक समितिको निर्णयानुसार उक्त सभा पौष २८ गते मंगलबार बनेपा नगरपालिका-१३ साँगा, काभ्रेपलाञ्चोकस्थित लहरी खर्क पार्टीप्यालेसको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरूमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसतै वोमी लघुवित्त वित्तीय संस्था र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ ।

संस्थाले वार्षिक साधारणसभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनको लागि पौष १५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको