Like us!
Follow us!
Connect us!
Watch us!

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार

मंगलबार, ०७ पुस २०७७, १४ : ५९ मा प्रकाशित

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार, काठमाडौं - श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ  ।

कम्पनीको मङ्सिर १८ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ३.१६ प्रतिशत (कर समेत गरी) नगद लाभांश र ७.३७ प्रतिशत बोनस सेयर गरी १०.५३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको थियो  ।

उक्त लाभांश स्वीकृत गर्नको लागि मङ्सिर १९ गते राष्ट्र बैंकमा पठाईएकोमा हिजो पौष ६ गते सोमबार सीकृत भई आएको कम्पनीले जनाएको छ  । अब साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण गरिनेछ  । कम्पनीको वार्षिक साधारणसभा पुस २९ गते हुँदैछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको