Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बिमा कम्पनीले बोलायो साधारणसभा

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, १० : ५४ मा प्रकाशित

नेपाल पुनर्बिमा कम्पनीले बोलायो साधारणसभा

अर्थ संसार,काठमांडौ– नेपाल पुनर्बीमा कम्पनीले आफनो बार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले पुष २९ गते बिहान ११ बजे कार्की व्यांक्वीटमा साधारसभा हुने बताएको छ ।  
साधारण सभाले अघिल्लो आर्थिक बर्षको मुनाफा बाट कुनै लाभांश भने वितरण गर्ने छैन । सभाले बार्षिक प्रतिबेदनका साथै लेखापरिक्षण प्रतिवेदन पनि पारित गर्नेे छ । साथै चालु आर्थिक बर्षका लागि लेखाा परिक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाबाट पारित हुने छ ।                                     
संस्थागत सेयरधनीहरु बाट सरकारी बाहेक १ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ जना गरी २ जना सञ्चालकको पनि र्निवाचन गर्ने प्रस्ताव साधारण सभामा प्रस्तुत हुने छ ।                     
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात पुष १५ गते सम्म कायम सेयर धनिहरुले मात्र साधारण सभामा सहभागि हुन पाउनेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको