Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीले हकप्रद जारी गर्ने, लाभांश पारित

अर्थ संसार

बुधबार, ०८ पुस २०७७, १४ : ५६ मा प्रकाशित

अरुण भ्यालीले हकप्रद जारी गर्ने, लाभांश पारित

अर्थ संसार, काठमाडौं– अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको  २३औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी कम्पनीको २१ औं वार्षिक साधारण सभाले पारित गरेको १ः१ अनुपातको हकप्रद शेयरमध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ (१ः०५) को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । 

सभाले  सञ्जालक समितिको अध्यक्षद्धारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरेको छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको