Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको २७ औं बार्षिक साधारणसभा सम्पन्न,लाभांश प्रस्ताव पारित

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, १४ : १८ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको २७ औं बार्षिक साधारणसभा सम्पन्न,लाभांश प्रस्ताव पारित

अरुण भ्याली हाइड्रोपावरको सत्ताइसौं बार्षिक साधारणसभा आज कात्तिक १४ गते सम्पन्न भएको छ ।

होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस  सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने  प्रस्ताव पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनका विषयमा छलफल गरि पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित गरेको छ।

 यसैगरी लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव सभाले पारित गरेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको