Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको १० प्रतिशत बोनस पारित, ५० प्रतिशत हकप्रद जारी गर्ने, नयाँ संचालक निर्वाचित

अर्थ संसार

आइतबार, २४ असोज २०७८, १५ : ३९ मा प्रकाशित

अरुण भ्यालीको १० प्रतिशत बोनस पारित, ५० प्रतिशत हकप्रद जारी गर्ने, नयाँ संचालक निर्वाचित

अरुणभ्याली हाइड्रो पावर कम्पनी लिमिटेडको २४ औं साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले कर प्रयोजनका लागि छुट्याइएको ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरेकाके छ ।

कम्पनीको साधारण सभाले १० प्रतिशत बोनश शेयर पश्चात् कायम हुने चुक्ता पूँजीको एक बराबर शुन्य दशमलब पाँच अर्थात पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन रलेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।

सभाले आगामी ४ बर्षका लागि नयाँ संचालक समितिको समेत निर्वाचन गरेको छ । निर्वाचनबाट सेयरधनीहरु मिलन खड्का, रमेशप्रसाद न्यौपाने, जीवनराज शाक्य र सलिना नेपाललाई निर्वाचित गरेको छ । अरुणभ्यालीले आर्थिक वर्ष २०७७/७८ मा विद्युत बिक्री तथा अन्य आम्दानी समेत गरिजम्मा १३ करोड २२ लाख रुपैयाँ आय आर्जन गरेको छ ।

कम्पनीले परियोजना सञ्चालन खर्च, रोयल्टी, व्याज खर्च, प्रशासनिक खर्च, ह्रास कट्टि, आयकरसमेत गरि ५ करोड ४४ लाख खर्च गरेको छ । यस अबधिमा कम्पनीले ७.७८ कोड खुद मुनाफा गरेको छ ।

यो बर्षको मुनाफा गत आर्थिक बर्षको तुलनामा ११.३२% ले बढी हो । कम्पनीले हाल सञ्चालनमा रहेको काबेली बि–१ जलविद्युत आयोजना (२५ मे.वा.)को टेलरेसको पानीलाई उपयोग गरि ९.९४ मे.वा. क्षमताको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना निर्माण कार्य गरि रहेको छ । यो आयोजनाको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।

यस परियोजनाको विद्युत खरिद बिक्री सम्झौता भइसकेको छ । यस आयोजना निर्माणको लागि १९७.९१ करोड लागत लाग्ने अनुमान छ । कुल लागतको ३० प्रतिशत स्वपूँजी परिचालन गरि व्यवस्थापन गरिएको छ भने बाँकी ७० प्रतिशत रकम बैंक अफ काठमाडौको अगुवाईमा कुमाी बैंक लिमिटेडसँग ऋण सम्झौतामार्फत ऋण परि चालन गरिएको छ ।

उक्त आयोजनाबाट आगामी पुस १५ गतेदेखि विद्युतको व्यवसायिक उत्पादन गर्ने कम्पनीको योजना छ । कम्पनीले ताप्लेजुङ जिल्लाको श्रीजङ्गा, सिदिङ्वा र याङवर गाउँपालिका भएर बहने काबेली नदीबाट १५ मे.वा. क्षमताको माथिल्लो काबेली-२ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गरेको छ । यस परि योजनाको विद्युत खरि द बिक्री सम्झौता सम्पन्न गर्नका लागि नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभागमा आवेदन समेत गरिसेको छ । यस आयोजनाको निर्माण कार्य यही आर्थिक बर्षबाटै शुरु गर्ने कम्पनीको योजना छ ।

आयोजनाको निर्माण लागत करिब ३ अर्ब रहेको आयोजनाको अध्यायन प्रतिवेदनले देखाएको छ । यस आयोजनाको निर्माण कार्यको लागि आवस्यक रकममध्ये स्वपूँजी अन्तगर्तको लगभग ९० करोड १ः०.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको संचित मुनाफाबाट परि चालन गरिनेछ ।बाँकी लगभग रू. २१० करोड बैंक तथा वित्तीय संस्थाबाट ऋण परि चालन गरिने कम्पनीको योजना छ ।

त्यसैगरि कम्पनीले सोलुखुम्बु जिल्ला महाकुलुङ्ग गाउँपालिकामा बहने बुदुङ्ग खोलामा १४.५ मे.वा. क्षमताको नयाँ आयोजना पहिचान गरि सम्भाब्यता अध्ययन कार्य सम्पन्न गरि सकेको छ । उक्त आयोजनाको विद्युत खरिद बिक्री सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन गरिसकेको छ ।

विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएपश्चात् यस आयोजनाको निर्माण कार्य शुरु गरिने कम्पनीका अध्यक्ष शाक्यले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको