Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोपावरको यस वर्षको बोनस सेयर वितरण

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १० : ५१ मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावरको यस वर्षको बोनस सेयर वितरण

अरुण भ्याली  हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको ८ प्रतिशत बोनस सेयर वितरण गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत माघ २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

धितोपत्र दोस्रो बजारमा वैशाख ११ गते बोनस सेयर सूचीकृत गरी वैशाख १५ गतेदेखि सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते एक दिन बुक क्लोज गरेको थियो। 

बुक क्लोजको आधारमा माघ १७ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गरेका छन् । माघ १७ गतेसम्म सेयर बन्धक राखी कर्जा लिएका सेयरधनीहरूको हकमा बोनस सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको