Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १३ : २५ मा प्रकाशित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार, काठमाडौँ - स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले  बैंककाे ७ प्रतिशत बाेनस सेयर पछि प्रतिकित्ता ६१२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे ३४औं वार्षिक साधारण सभा पाैष २४ गते, शुक्रबार हुँदैछ ।

सभामा बैंककाे सञ्चालक समितिकाे बैठकको निर्णयानुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस सेयर ४.८४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल ११.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको