Like us!
Follow us!
Connect us!
Watch us!

५०% लाभांश वितरण गर्ने प्रस्तावसहित नेप्सेले बोलायो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १३ : ४२ मा प्रकाशित

५०% लाभांश वितरण गर्ने प्रस्तावसहित नेप्सेले बोलायो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३९औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे पाैष ७ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको ३९औं वार्षिक साधारण सभा पाैष २९ गते, बुधबार नेप्सेको कार्यालय यूएनआई शान्तिमार्ग, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा संचालक समितिको  वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा-नोक्सान तथा अन्य व्यापक आयको विवरण, इक्वीटिमा भएको परिवर्तन सम्बन्धि विवरण, नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्ति गरिनुका साथै निजको पारिश्रमिक तोक्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल  गरी पारित गरिनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप नेप्सेकाे चूक्ता पुँजीकाे २० प्रतिशतका दरले बाेनस र ३० प्रतिशतका दरले नगद (बाेनसमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसैगरी, सभामा नेप्सको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, नेप्सेले साधारण सभा प्रयोजनका लागि पाैष १८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको