Like us!
Follow us!
Connect us!
Watch us!

डिसहोम पल्सर स्पोर्ट अवार्डको मुख्य सह–प्रायोजक

अर्थ संसार

विहीबार, ०९ पुस २०७७, १६ : १८ मा प्रकाशित

डिसहोम पल्सर स्पोर्ट अवार्डको मुख्य सह–प्रायोजक

अर्थ संसार, काठमाडौं – यस वर्षको पल्सर स्पोर्टस अवार्डमा पनि डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सह–प्रायोजकका रुपमा रहने भएको छ ।  अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच बुधबार आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत हस्ताक्षर गरेका छन् ।  सम्झौताअनुसार नगद ७ लाख र डिसको सेवा गरी झन्डै ११ लाख रुपैयाँ बराबरको प्रायोजन रहेको छ । केही वर्षयता  डिस होम अवार्डको  सह–प्रायोजक रहँदै आएको छ । 

डिस होमले अवार्डका १३ थान कनेक्सन (दुई वर्षको रिचार्ज सहित), २० जना मनोनितहरुलाई २० थान, डिसहोम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थानसेट–टप बक्स दुई बर्षको रिचार्ज सहित उपलब्ध गराउने बताइएको छ । यो सम्झौता एक बर्षको रहने कार्यक्रममा जानकारी गराइयो । 

पुस २८ गते १० विधामा अवार्ड दिइने मञ्चले यसअघि नै जानकारी गराइसकेको छ । अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको थियो । त्यसमा पौडीकी गौरीका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र कराँतेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

पिपल्स च्वाई अवार्डको विजेताको चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुदपत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिने बताइएको छ । ई–सेवाबाट भोटिङ प्रक्रिया गत साता नै सुरु भइसकेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको