Like us!
Follow us!
Connect us!
Watch us!

सबैभन्दा धेरै निस्कृय कर्जा राष्ट्रिय वाणिज्य बैंकको

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १० : ३५ मा प्रकाशित

सबैभन्दा धेरै निस्कृय कर्जा राष्ट्रिय वाणिज्य बैंकको

अर्थ संसार,काठमांडौ– असोज मसान्त सम्मको तथ्याङ्क अनुसार सबै भन्दा धेरै निस्कृय कर्जा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । 

असार मसान्त सम्ममा ४.०८ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकको निस्कृय कर्जा असोज मसान्त सम्ममा बढेर ४.१० प्रतिशत पुगेको हो जुन बैंकिङ क्षेत्रको सबै भन्दा धेरै निस्कृय कर्जा हो। 
निस्कृय कर्जा धेरै हुने अर्को बैंक पनि सरकारी बैंक नेपाल बैंक रहेको छ । बैंकको असार मसान्त सम्ममा निस्कृय कर्जा २.५९ प्रतिशत रहेकोमा असोज मसान्त सम्ममा बढेर ३.०२ प्रतिशत पुगेको छ । 

बैंकहरुमा सबै भन्दा कम निस्कृय कर्जा एभरेष्ट बैंकको रहेको छ । असार मसान्त सम्ममा ०.२२ प्रतिशत रहेको बैंकको असोज मसान्त सम्ममा पनि निस्कृय कर्जा ०.२२ मा नै स्थिर रहेको छ । निस्कृय कर्जा कम हुने बैंकको दोस्रो नम्बरमा नेपाल एसबिआई बैंक रहेको  जसको असोज मसान्त सम्ममा ०.२५ प्रतिशत निस्कृय कर्जा रहेको छ ।

कुनै बैंकले निष्चित समयका लागि भनेर कुनै ऋणीलाई दिएको ऋणको भाका नागेको ९० दिन सम्ममा पनि ऋण चुत्ता गर्न नसकेमा त्यलाई खराब कर्जा अर्थात निस्कृय कर्जा मानिन्छ । तर यस्ता कोभिड प्रभावित ऋणीहरुलाई भने राष्ट्र र्बैकले केहि सहुलियत दिएको छ ।  

मौद्रिक नितिको समिक्षा गर्दै केहि साता पहिले राष्ट्र बैंकले ६ महिना सम्मको कर्जा किस्ता नियमित नतिर्ने हरुको धितो लिलामी २०७८ असार मसान्त सम्म नगर्न बैंकहरुलाई र्निदेशन दिएको हो । बैंकहरुको खराब कर्जा औषतमा बढेपनी कुनै बैंकको ५ प्रतिशत भन्दा बढि खराब कर्जा नभएकोले अहिले को अबस्थालाई जोखिमयुक्त मान्न सकिदैन । 
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको