Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणले उद्योगको बत्ती काटेपछि लुम्बिनी प्रदेश सरकारको चिन्ता : उद्योग ठप्प र श्रमिक बेरोजगार, संघीय सरकारलाई तत्काल पहल गर्न आग्रह

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, १२ : ५५ मा प्रकाशित

प्राधिकरणले उद्योगको बत्ती काटेपछि लुम्बिनी प्रदेश सरकारको चिन्ता : उद्योग ठप्प र श्रमिक बेरोजगार, संघीय सरकारलाई तत्काल पहल गर्न आग्रह

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रकलाइनको बक्यौता नतिरेका केही उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरेपछि लुम्बिनी प्रदेश सरकारले गम्भीर चिन्ता व्यक्त गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कदमका कारण प्रदेशका विभिन्न उद्योगहरू बन्द हुन पुगेका, सयौं श्रमिकहरू रोजगारीविहीन बनेका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन्।

मुख्यमन्त्री आचार्यले औद्योगिक क्रियाकलापको निरन्तरता र लगानी वातावरणको स्थायित्वका लागि संघीय सरकारले अभिभावकको भूमिकामा रहँदै नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबीच संवाद र सहकार्यको माध्यमबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।

“संवाद, सहकार्य र आपसी समझदारीकै माध्यमबाट यस्तो संवेदनशील विषयको समाधान सम्भव छ,” विज्ञप्तिमा उल्लेख छ।

प्रदेश सरकारका अनुसार, उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम राख्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्ने बेला आएको छ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवर्द्धन, श्रमिक हितको संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

6901be7196ce8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको