Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेकको आईपीओ भोलि बाँडफाँट हुने

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १६ : ४३ मा प्रकाशित

श्रीनगर एग्रीटेकको आईपीओ भोलि बाँडफाँट हुने

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बुधबार (भोलि) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका अनुसार बुधबार बिहान साढे १० बजे आईपीओ बाँडफाँट हुने भएको हो । 

आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन् । आईपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको हो ।

मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुँदा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन् । सोहि मध्यका ३ जनाले भने १÷१ कित्ता थप गरी ११ कित्ता सेयर पाउने छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको