Like us!
Follow us!
Connect us!
Watch us!

६२.२९ अकंले बढेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

अर्थ संसार

मंगलबार, ११ कार्तिक २०८२, १५ : १३ मा प्रकाशित

६२.२९ अकंले बढेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

साता कारोबारको दोस्रो दिन सेयर बजार उच्च अंकले बढेर बन्द भएको  छ  । आज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को बिन्दुमा बन्द भएको हो ।

सेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ । आज मंगलबार विभिन्न सेक्टरका ३१४ वटा कम्पनीहरुको सेयर खरिद–बिक्री  हुँदा ४अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

मंगलबार हिमालयन पावर पार्टनरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज २४ करोड ९४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै,आज युनियन हाइड्रोपावरको २३ करोड २२ लाख रुपैयाँ, राधि जलविद्युत कम्पनीको २१ करोड ९८ लाख रुपैयाँ, बुटवल पावर कम्पनीकोे १९ करोड रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड ३५ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सको १६ करोड ८० लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ४७ लाख रुपैयाँ,सीईडीबी होल्डिङ्सको १५ करोड १५ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीको १२ करोड ४६ लाख रुपैयाँ,शिवम सिमेन्टको १० करोड ३९ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको