Like us!
Follow us!
Connect us!
Watch us!

मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ

अर्थ संसार

शुक्रबार, १० पुस २०७७, १३ : १६ मा प्रकाशित

मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ

अर्थ संसार,काठमांडौ– महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको छ ।

जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. १२ घर भएका वर्ष २५ को रामशरण मिजार र बर्ष १९ को सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सी.सी. मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

काठमाण्डौ कपनबाट हराएको भनि अभिषेक ढकालले हुलिया सहितको निवेदन मिति २०७४ असोज ९ गते यस महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको