Like us!
Follow us!
Connect us!
Watch us!

बजार हल्ला चलाएर सेयर मूल्य उचाल्ने प्रवृत्ति बढ्दाे

अर्थ संसार

आइतबार, १२ पुस २०७७, ०० : ०२ मा प्रकाशित

बजार हल्ला चलाएर सेयर मूल्य उचाल्ने प्रवृत्ति बढ्दाे

अर्थ संसार, काठमाडौं– केही दिन यता सामाजिक संजालमा हल्ला चलाएर सेयरकाे मूल्य घटाउने र बढाउने प्रवृत्ती माैलाउँदै गएकाे छ । यस्ताे हल्लाकाे पछि लागेर सेयर किनवेच गर्दा लगानीकर्ताहरू ठगिने क्रम बढेकाे छ । केही दिन यता नविल बैंकसँग नेपाल क्रडिट एण्ड कमर्स (एनसिसी) बैंक मर्ज हुने हल्ला च लाईयाे । त्यसपछि एनसिसीकाे सेयरमा मंगलबार त १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक नै लाग्याे ।

अर्काे दिन पनि ५ प्रतिशतभन्दा बढीले मूल्य बढ्याे । बजारमा आएका हल्ला सत्य हाेइनन् भन्ने प्रमाणित भएपछि भने साताकाे अन्तिम दिन एनसिसी बैंककाे सेयर मूल्य प्रतिकित्ता १८ रूपैयाँले घटेकाे छ । सामाजिक संजालमा स्वाप रेसियाेसमेत ताेकेर मर्ज हुने ठाेकुरा गर्नेहरू निस्किए । यसकाे असर बजार हल्लाकाे पछि लागेर सेयर किन्नेहरू लाई नराम्राेसँग पर्याे ।

सेयर किन्नेहरूकाे खातामा नआउँदै उनीहरूले सम्पत्ती गुमाइसकेका छन् । एनसिसीसँग मर्जकाे हल्ला नसकिन्दै नविल बैंककाे फेरि सिद्धार्थ बैंकसँग मर्जहुने हल्ला चल्याे । त्यसकाे असर सिद्धार्थ बैंककाे सेयरमा नपर्ने कुरै भएन । उक्त बैंककाे सेयर पनि साेमबार प्रतिकित्ता ३४९ रूपैयाँमा काराेबार भएकाे थियाे । त्यसकाे ४ दिनमै मूल्य बढेर ३८५ रूपैयाँ पुगेकाे छ ।

बजार हल्ला चलाउनेहरूले ४ दिनमै १० प्रतिशतभन्दा बढीले कमाएका छन् । बजार हल्ला चलाएर सेयर मूल्य बढाएकाे थाहा पाएपछि सिद्धार्थ बैंकले नबिल बैंकसँग मर्जमा जाने कुनै याेजना नरहेकाे भनेर विज्ञप्ति प्रकाशित गरि स्पष्टिकरण नै दिएकाे छ । सिद्धार्थ बैंकले नबिल बैंकसँग मर्जमा जान लागेको बजारको हल्ला सही नभएको बताएको थियाे ।

केही दिनयता विभिन्न संचार माध्यमा तथा सामाजिक सञ्जालमा बैंक नबिलसँग मर्ज हुन लागेको हल्ला आएसँगै सिद्धार्थ बैंकले त्यसमा कुनै आधिकारिता नभएको भन्दै स्पष्टिकरण दिएको हो ।

सिद्धार्थ बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले उक्त हल्ला गलत भएको र गलत हल्लाहरुकाे पछि नलाग्न आम लगानीकर्तालाई सुझाव दिएका छन् । उनले बिहीबार एक सूचना मार्फत साे जानकारी गराएका हुन् ।

यस्तै हल्ला केही दिन अघि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंककाे मर्जर हुने भनेर केही दिनअघि च लाईएकाे थियाे । ती बैंकका आधिकारिक ब्यक्तिहरूकाे भनाइसहित प्रकाशित समाचार सत्यताकाे नजिक भएकाे ठानिकाे थियाे । तर, त्यसपछि दुवै बैंककाे मर्जर प्रकृया अगाडि बढेकाे कुनै जानकारी आएकाे छैन । बजारमा हल्ला चलाएर केही सेयरका खेलाडीले कमाउने अबसर बनाउँदै आएका छन् । एनसिसी बैंककाे मर्जरकाे हल्ला उक्त बैंककाे मुख्य सेयर हाेल्डर निर्मल प्रधान समुहले चलाएकाे अनुमान छ ।

उक्त समुहले हल्ला चलाएर महंगाेमा सेयर बेचेकाे छ । यस्ता हल्ला बजारमा धेरै चल्ने गर्छन् । लगानीकर्ताहरूले संयमित भएर बजार हल्लाकाे पछि नलागनी लगानी गर्नु पर्ने लगानीकर्ताहरू बताउँछन् । करिव ४ बर्षअघि सिन्धु विकास बैंक नेपाल बंगलादेश बैंकसँग मर्ज हुने हल्ला चलाएर सेयर मूल्य उचालिएकाे थियाे ।

त्यतिखेर ४२५ प्रतिकित्ताकाे हाराहारीमा सेयर किन्नेहरूले अहिलेसम्म लगानीसमेत उकास्न सकेका छैनन् । बजारमा सिन्धु विकास बैंककाे सेयर मूल्य प्रतिकित्ता १५० रूपैयाँ प्रतिकित्ताकाे हाराहारीमा छ । यस बीचमा उक्त बैंकले ८० प्रतिशत हकप्रद दिएकाे छ .

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको