Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आजबाट लागू हुने ब्रोकर कमिसन दर

अर्थ संसार

आइतबार, १२ पुस २०७७, १२ : २७ मा प्रकाशित

यस्तो छ आजबाट लागू हुने ब्रोकर कमिसन दर

अर्थ संसार, काठमाडौं – नेपाल धितोपत्र बोर्डले शुक्रबार घटाएकाे ब्रोकर कमिसन आजबाट लागू हुनेछ । अबदेखि अधिकतम ०.४० प्रतिशतदेखि न्यूनतम ०.२७ प्रतिशतसम्म मात्र कमिसन लिन पाइनेछ । 

ब्रोकरले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवा बापत लिँदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयर खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३ प्रतिशतले घटाइएको हाे । 

यस्तो छ नयाँ कमिसन दर :
१. संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी सेवा शुल्क वापत लिन पाउने सेवा शुल्क:

(क) ५० हजार रूपैयाँसम्मको कारोबारमा – ०.४० प्रतिशत

(ख) ५० हजार भन्दा माथि ५ लाख रूपैयाँसम्मको कारोबारमा – ०.३७ प्रतिशत

(ग) ५ लाख भन्दा माथि २० लाख रूपैयाँसम्मको कारोबारमा  – ०.३४ प्रतिशत

(घ) २० लाख भन्दा माथि १ कराेड रूपैयाँसम्मको कारोबारमा  – ०.३० प्रतिशत

(ङ) एक कराेड रूपैयाँ भन्दा माथि जतिसुकैको कारोबारमा  – ०.२७ प्रतिशत

२. नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा सस्थागत ऋणपत्रको खरिद बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्कः

(क) ५ लाख रूपैयाँसम्मको कारोबारमा – ०.१० प्रतिशत

(ख) ५ लाख भन्दा माथि ५० लाख रूपैयाँसम्मको कारोबारमा – ०.०५ प्रतिशत

(ग) ५० लाख रूपैयाँ भन्दा माथि जतिसुकैको कारोबारमा – ०.०२ प्रतिशत

३. माथि क्र.स. १ र २ मा उल्लेखित धितोपत्र बाहेक सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको हकमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क:

(क) ५ लाख रूपैयाँसम्मको कारोबारमा – ०.१५ प्रतिशत

(ख) ५ लाख रूपैयाँ भन्दा माथि ५० लाख रूपैयाँसम्मको कारोबारमा – ०.१२ प्रतिशत

(ग) ५० लाख भन्दा माथि जतिसुकैको कारोबारमा – ०.१० प्रतिशत

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको