Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाेत्तम सिमेन्टले आइपिओ निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, १४ पुस २०७७, ११ : ३२ मा प्रकाशित

सर्वाेत्तम सिमेन्टले आइपिओ निष्कासन गर्ने

सर्वाेत्तम सिमेन्ट लिमिटेडले  साधारण सेयर (आइपिओ) निष्काशन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे पाैष ८ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दाेश्राे वार्षिक साधारण सभा माघ ६ गते, मंगलबार, सर्वाेत्तम सिमेन्टको सभा हल, न्याैपानेटावर, तिनकुने, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बुक विल्डिङ्ग विधिबाट निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ  ।  यसका साथै, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा -नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको