Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रगिरीको आइपिओ बाँडफाँड : स्थानीय सवैले पाए,सर्व साधारणको लागि जारी कँहिले हुन्छ ?

अर्थ संसार

बुधबार, १५ पुस २०७७, १८ : ०० मा प्रकाशित

चन्द्रगिरीको आइपिओ बाँडफाँड :  स्थानीय सवैले पाए,सर्व साधारणको लागि जारी कँहिले हुन्छ ?

काठमाडौं–चन्द्रागिरी हिल्स लिमिटेडले निश्कासन गरेको साधारण सेयर (आइपिओ) बाँडफाँड गरेको छ । कम्पनीले मंसिर १७ गते बुधबारदेखि पौष १ गते, बुधबारसम्म आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय, नक्साल काठमाडौँमा बाँडफाँड भएको हो ।

बाँडफाँड गर्दा १० कित्तादेखि ७० कित्तासम्मको लागि आवेदन दिनेले माग अनुसार नै शेयर हात पारेका छन्  । त्यसैगरी, ८० कित्तादेखि ३ हजार ६० कित्तासम्मको लागि आवेदन दिनेले समान ७० कित्ता शेयर पाएका छन् । यसैगरी, ८० कित्तादेखि ३ हजार ६० कित्ताको लागि आवेदन दिने ३ हजार ५ सय ६१ जनाबाट गोलाप्रथा गरेर ११ सय ६३ जनाले थप १० किता शेयर हात पारेका छन्  । त्यस्तै, ८० कित्तादेखि ३ हजार ६० कित्तासम्मको लागि आवेदन दिएका तर गोलाप्रथाबाट १० कित्ता शेयर नपाएका २ हजार ३ सय ९८ जना मध्येबाट गोलाप्रथा गरि ९ जनालाई थप १ कित्ता शेयर दिइएको छ  ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । अब दोश्रो चरणमा कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।  

मिति नै अहिले नै नतोकिएपनि सर्वसाधारणको लागि निश्कासन हुने आइपिओको प्रक्रिया अघि बढीरहेको क्यापिटलले जनाएको छ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको