नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने भएको छ । बैंकले २० अर्ब रूपैयाँ बराबरको निक्षेप बाेलकबाेल प्रक्रियाबाट २८ दिनकाे अवधिकाे लागि संकलन उपकरण निष्कासन गर्न लागेकाे एक सूचना मार्फत जानकारी दिएकाे छ ।
निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
त्यसैगरी, यसकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ । यसकाे बाेलकबाेल आज (पुस १६ गते, बिहीबार) दिउँसाे २ बजेसम्म Online Bidding Software मार्फत हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस