Like us!
Follow us!
Connect us!
Watch us!
स्टक ब्रोकर्स एसोसिएन अफ नेपालका महासचिवसँग कुराकानी (भिडियोसहित)

सेयर खरिद बिक्रीमा लाग्ने कमिसन घटाउँदा दलालहरुको आपत्ती किन ? (भिडियोसहित)

अर्थ संसार टक

सोमबार, २० पुस २०७७, १० : ०० मा प्रकाशित

धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाएको बेला स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले विरोध जनाएको छ । धितोपत्र दलाल ब्यवसायीहरु ज्ञापन पत्र लिएर धितोपत्र बोर्ड घेर्न पुगे ।

लगानीकर्ताहरुले भने बोर्डले कमिसन घटाएजस्तो गरेर लगानीकर्ताको आँखामा छारो हालेको आरोप लगाइरहेका छन् । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका महासचिव गुणनिधि भुसाल भने धितोपत्र दलाल ब्यवसायीहरुलाई बैकल्पिक आम्दानीका बाटाहरु नखोलिकन कमिसन घटाइएकाले आपत्ति जनाएको बताए ।

धितोपत्र बोर्डले कमिसन घटाउने जति छिटो निर्णय गर्यो, त्यही गतिमा हामीलाई ब्यवसायका अरु बाटाहरु पनि खोलिदिनु पर्छ भन्ने हाम्रो माग हो, उनले भने, हामीले २ सय वटा शाखा खोल्न पाउन २ बर्षअघि माग गरेका थियौं । अहिलेसम्म अनुमति पाएनौं ।

अनलाइनबाट कारोबार भइरहे पनि पूर्ण स्वचालित नभएकाले उच्चस्तरको जनशक्तिको आवश्यकता अझै पर्ने हुनाले खर्च नघटेको भुसालको दावी छ ।

प्रविधिको प्रयोग बढेकाले दक्ष जनशक्ति, सर्भर खर्च, सफ्टवेयरमा खर्च बढीरहेकाले कमिसन घट्दा धितोपत्र दलाललाई ठूलो असर गर्ने बताए ।

धितोपत्र ब्यवसायीको दावी, उनीहरुको भूमिका, विदेशबाट सेयर कारोबार गर्न गर्ने कार्यविधिलगायतका विषयमा अर्थसंसार टकमा गुणनीति भुसालसँग अर्थसंसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको