Like us!
Follow us!
Connect us!
Watch us!

शुभम पावरले डाक्यो साधारणसभा, के-के छन् पारित हुने एजेण्डा ?

अर्थ संसार

सोमबार, २० पुस २०७७, १४ : ४७ मा प्रकाशित

शुभम पावरले डाक्यो साधारणसभा, के-के छन् पारित हुने एजेण्डा ?

शुभम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीको पाैष १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा माघ १६ गते, शुक्रबार, कमलादी-२८, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ 

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको