शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ भर्ने आज अन्तिम दिन रहेकाे थियाे ।
सिडीएसका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिन बेलुका ५ बजेसम्ममा १३ लाख ६० हजार ९७ जना लगानीकर्ताहरूले एक कराेड ५० लाख ७३ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गरेकाे थियाे ।
कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको थियाे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस