Like us!
Follow us!
Connect us!
Watch us!

दाेश्राे बजारमा शुभम पावरको कारोबार सुरू, कतिमा भयाे पहिलाे काराेबार ?

अर्थ संसार

मंगलबार, २३ फागुन २०७९, ११ : ०९ मा प्रकाशित

दाेश्राे बजारमा शुभम पावरको कारोबार सुरू, कतिमा भयाे पहिलाे काराेबार ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्जमा आज (फागुन २३ गते, मंगलबार) सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडकाे पहिलाे काराेबार भएकाे छ ।

स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता २६५ रुपैयाँमा भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८८ रूपैयाँ ४८ पैसादेखि अधिकतम २ सय ६५ रूपैयाँ ४४ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) प्रदान गरेकाे थियाे ।

गत बिहीबार कम्पनीकाे २० लाख कित्ता साधारण सेयर (आईपीओ)  धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । 

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SPL सिम्बाेल पाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको