Like us!
Follow us!
Connect us!
Watch us!

शुभम पावरकाे आईपीओ आजदेखि खुल्याे, क-कसले भर्न पाउँछन् ?

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १४ : २२ मा प्रकाशित

शुभम पावरकाे आईपीओ आजदेखि खुल्याे, क-कसले भर्न पाउँछन् ?

शुभम पावर कम्पनी लिमिटेडले आज पाैष ६ गते, बुधबारदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा  ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता सेयरको १० प्रतिशत सेयर  वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि बिक्री गर्न लागेकाे हाे ।

कति दिने आवेदन ?

वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पाैष २० गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, मेराे सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको