Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनसिसि बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

मंगलबार, २१ पुस २०७७, ०७ : ४४ मा प्रकाशित

नेप्सेमा एनसिसि बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि) लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।

बैंककाे १०.२७ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३२४ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले साेमबारको अन्तिम कारोबार मूल्य ३५७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे २३औं वार्षिक साधारण सभा माघ ९ गते, शुक्रबार हुँदैछ । सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १०.२६९५ प्रतिशत बोनस र ०.५४०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको