Like us!
Follow us!
Connect us!
Watch us!

समता लघुवित्तद्वारा लाभांश सेयरधनीको हितग्राही खातामा जम्मा

अर्थ संसार

मंगलबार, २१ पुस २०७७, १३ : ०१ मा प्रकाशित

समता लघुवित्तद्वारा लाभांश सेयरधनीको हितग्राही खातामा जम्मा

समता लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ ।

संस्थाले एक सूचना प्रकाशन गर्न  संस्थाको वार्षिक साधारण सभाले पारित गरेकाे ६.३२ प्रतिशत (करसहित) नगद लाभांश बुकक्लाेज हुँदासम्म अर्थात् पाैष ४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा नै जम्मा गरिएकाे जनाएकाे छ । 

त्यसैगरी, संस्थाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ ।
संस्थाको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेकाे छ । 

संस्था​ले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको