Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोले आइपिओ जारी गर्ने, बोर्डले दियो अनुमति

अर्थ संसार

बुधबार, २२ पुस २०७७, १३ : ४४ मा प्रकाशित

सिंगटी हाइड्रोले आइपिओ जारी गर्ने, बोर्डले दियो अनुमति

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आइपिओ) निष्काशन गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल भदाै २० गते सेबाेनमा निवेदन पेश गरेकाे थियो ।

बोर्डले पुस २१ गते, मंगलबार कम्पनिलाई आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे हाे ।

कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको