Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ मिसनलाई गाभ्न सिटिजन्स बैंकले बोलायो विशेष सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १२ : १७ मा प्रकाशित

तिनाउ मिसनलाई गाभ्न सिटिजन्स बैंकले बोलायो विशेष सभा, बुकक्लोज कहिले ?

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे पुस २२ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा माघ १५ गते बिहीबार बैंकको प्रधान कार्यालय रहेकाे भवन, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि वेभिनारकाे माध्यमबाट सञ्चालन हुनेछ ।

विशेष साधारण सभामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, सभामा सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १:०.९६ शेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइनेछ । यसैगरी, सभामा बैंकको अधिकृत पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि पेश हुनेछ । 

बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त माघ २ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, माघ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :- 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको