Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल स्मार्टमा 'क्यास ब्याक' योजना

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १६ : १४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल स्मार्टमा 'क्यास ब्याक' योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल  स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी क्यास ब्याक योजना ल्याएको छ ।

बैंकको मोबाइल बैकिङ-ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनैपनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यू आर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त(क्यासब्याक) गर्नेछन् । 

बैंकले ७ वटै प्रदेश तथा७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ CDS Clearing काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर तथा ३ बैदेशिक प्रतिनिधि/सम्पर्क कार्यालय समेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको