Like us!
Follow us!
Connect us!
Watch us!

जाडोमा ग्लोबल आइएमई बैंकको न्यानो कपडा सहयोग

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १८ : ४४ मा प्रकाशित

जाडोमा ग्लोबल आइएमई बैंकको न्यानो कपडा सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले  बैकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बैकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवाआश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् । 
ग्लोबल आइएमई बैंकले समाजलाई टेवा पर्याउने उद्देश्यकासाथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको छ । 

यसका साथै, ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १ CDS & Clearing काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ७९६ भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको