Like us!
Follow us!
Connect us!
Watch us!

यी दुई कम्पनीको आइपिओ छुटायो कि पछुतायो ?

अर्थ संसार

शनिबार, २५ पुस २०७७, १० : ०० मा प्रकाशित

यी दुई कम्पनीको आइपिओ छुटायो कि पछुतायो ?

सेयर बजारमा अहिले चन्द्रागिरी हिल्स लिमिटेडो आइपिओ निश्कासन भैरहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ माघ २ गतेदेखि खुल्दैछ । यी दुई कम्पनीको आइपिओ भर्न छुटाउनु भयो भने पछि पछुताउनु पर्ने छ ।

किन कि चन्द्रागिरी हिल्सको आइपिओ भर्ने सम्भावना धेरै कम छ तर, पर्यो भने नाफा धेरै छ । त्यसै गरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ सवैलाई ५० देखि ८० कित्ता पर्नेदेखिन्छ । तर, यसको दोस्रो बजारमा यसको मूल्य कम हुने देखिएपछि सेयर धेरै पाउने सम्भावना छ । तसर्थ, यो दुवै कम्पनीको आइपिओमा आवेदन दिन नछुटाउनु होला ।

चन्द्रागिरी हिल्स 

चन्द्रागिरी हिल्स लिमिटेडले  पुस २४ गतेदेखि साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न गरेको छ । उक्त साधारण शेयर सर्वसाधारणमा साजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९ सय ६० कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा छिटोमा पुस २८ गते र ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, जमल, काठमाडौँ, चन्द्रागिरी हिल्स लिमिटेड, थानकोट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

 नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ  माघ २ गतेदेखि निष्काशन हँुदैछ ।  बैंक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर निष्काशन गर्न लागेको छ । 

कम्पनीको जारी पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने रु ८ अर्ब रकम बराबरको प्रतिसेयर रु सय अंकित दरका ८ करोड कित्ता सेयर मध्ये ०।२० प्रतिशत ले हुन आउने १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुको लागि तथा ५ प्रतिशतले हुन् आउने ४० लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि छुट्याइएको छ  ।

बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ ।  ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।बैंकको उक्त आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन हँुदा न्यूनतम ५० कित्ता देखि बढीमा ८० कित्ताको लागि आवेदन दिँदा राम्रो हुन्छ । लगानीकर्ताहरुले उक्त आइपिओमा माघ २ गतेदेखि छिटोमा माग ६ गतेसम्म र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको