माउन्टेन हाइड्रो नेपाल लिमिटेडको संयुक्त वार्षिक साधारण सभा आज (सोमबार) सम्पन्न भएको छ । कम्पनीले चौंथो तथा पाँचौं वर्षको सभा एकैपटक सम्पन्न गरेको हो । कम्पनीको पौष ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा सोमबार कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु भएको थियो ।
सभाले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस