Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

शुक्रबार, ०२ माघ २०७७, ०७ : ५२ मा प्रकाशित

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

कम्पनीकाे १० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६४ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार एक सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको ३२औं वार्षिक साधारण सभा माघ १५ गते, बिहीबार हुँदैछ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको