Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी १० कम्पनीका सेयरधनीले सर्वाधिक गुमाए

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १७ : १२ मा प्रकाशित

मंगलबार यी १० कम्पनीका सेयरधनीले सर्वाधिक गुमाए

आज (मंगलबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ ।  मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट देखिएको हो ।
आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २३२६.९० अंकमा पुगेको हो  । नेप्से ०.२४ प्रतिशले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि २.८५  अंकले घटेर ४४२.८२ अंकमा पुगेको छ ।
कुल २ सय ६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सेयर बजार घट्दा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको  सेयरमूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशतले घटेको छ । 

त्यसैगरी,  छ्याङ्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, गुँरास लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माइ हाइड्रोपावर, रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, साइन रेसुंगा डेभलपमेन्ट बैंक, किसान लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर धनीहरुले सबैभन्दा बढी गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको