Like us!
Follow us!
Connect us!
Watch us!

विकास बैंक र फाइनान्स चम्किँदा सेयर बजार उकालो बाटोमा

अर्थ संसार

बुधबार, ०७ माघ २०७७, १५ : २८ मा प्रकाशित

विकास बैंक र फाइनान्स चम्किँदा सेयर बजार उकालो बाटोमा

आज (बुधबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  बुधबार सेयर बजार दोहोरो अंकले बढेको हो ।
आज नेप्से परिसूचक १५.८७ अंकले बढेर २३४२.७६ अंकमा पुगेको हो  । नेप्से ०.६८ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१८ अंकले बढेर ४४३ अंकमा पुगेको छ ।

कुल २ सय ११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी ६ वटा उपसमुहको सेयर घटेको छ । 
आज १५ वटा कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ  । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ६१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 

सेयर तालिका हेर्नुहोस् :- 

6007fd1172d5a.JPG 6007fd117b34e.JPG 6007fd11b9085.JPG 6007fd11d4d2d.JPG 6007fd12135bc.JPG 6007fd12403cc.JPG 6007fd126006a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको