एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।
बैंकको मंसिर २१ गते, आइतबार सम्पन्न भएकाे २३औं वार्षिक साधारण सभाले पारित गरेकाे १९ प्रतिशत बाेनस सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ ।
बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पनि सूचीकृत भइसकेको छ ।
हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि बैंकले आग्रह गरेकाे छ ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस