Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेको सेयर बजारमा कति भयो कारोबार ?

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, १५ : ०९ मा प्रकाशित

दोहोरो अंकले बढेको सेयर बजारमा कति भयो कारोबार ?

साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  बुधबार सेयर बजार दोहोरो अंकले बढेको हो ।

आज नेप्से परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ अंकमा पुगेको हो  । नेप्से १.३६ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि २.५९ अंकले बढेर ४४५.५९ अंकमा पुगेको छ ।

कुल २ सय ९ वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १० वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी २ वटा उपसमुहको सेयर घटेको छ । 
आज १५ वटा कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ  । 

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५३ करोड ३३ लाख १२ हजार ४ सय २१ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । 
 

60094a4e74548.JPG 60094a4eba8da.JPG 60094a4f1841a.JPG 60094a4f247da.JPG 60094a4f7f4f4.JPG 60094a4f888f6.JPG 60094a4fd6ac5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको