Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार यी १० कम्पनीका लगानीकर्ता मख्खै !

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, १५ : ५७ मा प्रकाशित

बिहिबार यी १० कम्पनीका लगानीकर्ता मख्खै !

साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  बुधबार सेयर बजार दोहोरो अंकले बढेको हो ।

आज नेप्से परिसूचक ३१.८७ अंकले बढेर २३७४.६४ अंकमा पुगेको हो  । नेप्से १.३६ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि २.५९ अंकले बढेर ४४५.५९ अंकमा पुगेको छ ।

कुल २ सय ९ वटा कम्पनीको १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बढेको सेयर बजारमा सपोर्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कारोबार गरेको छ संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यसैगरी क्रमशः स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरुले पनि सर्वाधिक नाफा कमाएका छन् । 
 

600954852c4cc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको