Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नयाँ रेकर्ड, ९ अर्ब माथिको कारोबार

अर्थ संसार

आइतबार, ११ माघ २०७७, १५ : १५ मा प्रकाशित

नेप्सेमा नयाँ रेकर्ड, ९ अर्ब माथिको कारोबार

साताको पहिलो दिन आज (आइतबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ ।  आज सेयर बजारले २४ सयको बिन्दु पार गरी नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से परिसूचक ५०.२० अंकले बढेर २४२४.८४ अंकमा पुगेको हो  । नेप्से २.११ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४७ अंकले बढेर ४५२.०६ अंकमा पुगेको छ ।
कुल २ सय ७ वटा कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३७ करोड ६० लाख ५३  हजार २२० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी १ वटा मात्र उपसमुहको सेयर घटेको छ ।
 

600d40cb2d56f.JPG 600d40cb31f34.JPG 600d40cccafcc.JPG 600d40cd2b0ab.JPG 600d40cdc9dd2.JPG 600d40cdd11a0.JPG 600d40cfd6945.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको